प्रधानमन्त्रीद्वारा स्याउ फार्म उद्घाटन गर्न मनाङ

मनाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्मको बिहीबार उद्घाटन गरे । 

सो अवसरमा उनले कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गरिनुपर्ने बताए । स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने खालको उदाहरणीय काम एग्रो मनाङले गरेको भन्दै प्रधानमन्त्रीले आधुनिक प्रविधिको प्रयोग गरी कृषि क्षेत्रबाट उद्योगतर्फ जान सकिने विचार व्यक्त गरे । 

उनले सरकारले यो वर्ष स्याउ कृषकका लागि रु १० करोड अनुदान दिएको र एक लाख स्याउ बिरुवा वितरण गर्ने योजना रहेको बताए। 

अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले सुशासन र विकासको बाटोबाट समृद्ध नेपाल र सुखी नेपाली बनाउने सरकारको लक्ष्य रहेको भन्दै विकट र असुरक्षित स्थानमा विकास गर्न कठिनाइ हुने भएकाले त्यस्ता बस्तीलाई सारेर एकीकृत बस्ती बनाउनुपर्नेमा जोड दिए । 

मनाङका प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले स्थापना गर्नुभएको स्याउ बगैँचामा ६८ हजार स्याउका बिरुवा छन् । आगामी वर्ष १० हजार बिरुवा थप्ने उहाँले बताउए। ७३५ रोपनी क्षेत्रफलमा स्याउ लगाइएकामा ४२५ रोपनी क्षेत्रफलबाट उत्पादन भएको छ । स्याउ बगैँचा मा रु ३० करोडको लगानी रहेको छ । प्रालिका अध्यक्ष समराज गुरुङका अनुसार ५५ जना कर्मचारी रहेका छन् । उनका अनुसार अत्याधुनिक चिस्याङ केन्द्रमा जुस उद्योगको समेत स्थापना गरिएको छ । रासस

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

स्थायी कमिटीमा प्रधानमन्त्रीले देखाए सरकारका सात काम 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ९ महिनामा सरकारले गुणात्मक फड्को मारेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबारबाट पार्टी मुख्यालयमा शुरू

उपप्रधानमन्त्री यादवद्वारा भारतीय प्रधानमन्त्री मोदीसँग भेटघाट

काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मंगलबार नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका छन् । नयाँ

प्रधानमन्त्रीको ‘झापामोह’, नियुक्तिमा अधिकांश ‘झापाली’

काठमाडौं । मुलुकमा आधारभूत तहको प्रतिनिधित्व गर्ने शक्तिशाली कम्युनिस्ट सरकार छ । यसको मूल ध्येय भनेको राज्यका हरेक तह र

भारतीय प्रधानमन्त्रीका आर्थिक सल्लाहकारद्वारा राजीनामा

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक सल्लाहकार परिषद्बाट चर्चित अर्थशास्त्री सुरजीत भल्लाले मंगलबार राजीनामा दिएको घोषणा गरेका छन्