Skip Advt.
ad

खेल

ट्वान्टी–२० विश्वकप एसिया छनोटमा सिंगापुरविरुद्ध नेपाल खेल्दै

ट्वान्टी–२० विश्वकप एसिया छनोटमा सिंगापुरविरुद्ध नेपाल खेल्दै

काठमाडौं । आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट समूह ‘बी’ को अन्तिम खेलमा नेपाल सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । शुक्रबार मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा नेपाल र सिंगापुुरबीचको खेल सवा १२ बजे सुरु हुनेछ ।

राउण्ड रोविन लिगका आधारमा भएको खेलमा छनोट समूूह बी मा रहेको नेपाल र सिंगापुरले अघिल्लो चरण खेल्ने पक्का भइसकेको छ । शुक्रबारको खेल नेपाल र सिंगापुरबीच विजेताका लागि प्रतिस्पर्धा गर्नेछन् । यसअघिका सबै खेलमा राम्रो प्रदर्शन गरेको नेपालका लागि सिंगापुरसँगको अन्तिम खेल राम्रो रन वा विकेटमा जित्नु दबाब पनि हुनेछ ।

७ टिम सम्मिलित एसिया छनोट समूह बी बाट अघिल्लो चरण पुग्ने दुुई टिमको टुंगो लागिसकेको छ भने तेस्रो टिमका लागि थाइल्यान्ड र मलेसिया आ–आफ्नो होडमा छन् ।

जसमा ६ खेल खेलेको थाइल्यान्डले ३ खेलमा जित निकाल्दै तेस्रो स्थानमा छ भने ५ खेलमा २ जित निकालेको मलेसिया चौथो स्थानमा छ । शुक्रबारको खेलमा चीनलाई पराजित गरे मलेसिया र थाइल्यान्डबीच रन रेटका आधारमा उनीहरुमध्ये एक जानेछन् । मलेसिया चीनसँग पराजित भएको खण्डमा थाइल्यान्ड स्वतः माथिल्लो चरण पुुग्नेछ ।

यसअघिका खेलमा समान ५–५ खेल  जितेको नेपाल र सिंगापुरसँग समान १०–१० अंक रहेको छ भने नेट रन रेटका आधारमा नेपाल शीर्ष स्थानमा रहेको छ । जसमा नेपालको नेट रन रेट ७ दशमलब ७८२ हुँदा सिंगापुरको ४ दशमलब ७७२ रहेको छ ।

ओडीआई मान्यता प्राप्त नेपालले एसिया छनोट समूह बी मा तुलनात्मक रुपमा आफुभन्दा कमजोर मानिएका टोलीसँग खेल्यो । जसमा नेपालले म्यानमार र मलेसियालाई ८–८ विकेटले पराजित गर्यो भने चीनलाई १० विकेटले पराजित गर्यो ।

त्यस्तै, थाइल्यान्डलाई १७२ रनले पराजित गर्दा भुटानलाई ११७ रनले पराजित गरेको थियो । नेपालका युवा स्पिनर सन्दीप लामिछाने, करण केसी, वसन्त रेग्मी, ललित नारायण राजवंशीलगायतले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । ब्याटिङतर्फ पनि करण केसीले उत्कृष्ट प्रदर्शन गरेका छन्  । त्यस्तै, ब्याटिङमा लामो समयपछि कमव्याक गरेका विनोद भण्डारी र प्रदीप ऐरीको प्रदर्शन पनि सन्तोषजनक रहेको छ ।

कस्तो छ विगत

नेपाल र सिंगापुर नयाँ प्रतिद्वन्द्वी होइनन् । यसअघि २ पटक सिंगापुरसँग टि—२० प्रतियोगिता खेलिसकेको नेपालले दुवै खेल आफ्नो पक्षमा पार्न सफल भएको छ । पहिलो पटक सन् २००९ नोभेम्बर २९ मा एसियन क्रिकेट परिषद् टि–२० कपको पाँचौ स्थानका लागि भएको प्लेअफ खेलमा नेपाल र सिंगापुरलाई ९ विकेटले परापिजत गरेको थियो । त्यस्तै, दोस्रो खेल सन् २०१३ मे ३१ मा नेपालमै भएको एसियन क्रिकेट परिषद्ले आयोजना गरेको टि–२० कपमा सिंगापुरमाथि नेपालले १२१ रनको शानदार जित निकालेको थियो ।
 

तपाईंको मत