Skip Advt.

पुनर्निर्माण

पुरातात्विक सम्पदा जस्ताको तस्तै हुने

काठमाडौँ, रासस । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाका पुनःनिर्माणमा पुरानै स्वरूपलाई कामय राखिने बताएको छ । एकसय वर्षअघिका सम्पदा तथा मन्दिरलाई प्रमाणित गरिने र आधुनिक प्रविधि प्रयोग गरेर ती सम्पदालाई पुरानै स्वरूपमा पुनःनिर्माण गरिने प्राधिकरणले जनाएको हो । 

रानीपोखरीको बालगोपालेश्वर मन्दिर मल्लकालीन शैली कि राणा कालको गुम्बज शैलीमा बनाउने भन्ने अन्योल अझै छ । पुरातत्व विभागले उक्त मन्दिर गुम्बज शैलीमा निर्माण गरेको र निर्माणका क्रममा सिमेन्ट प्रयोग गरेकामा विवाद सिर्जना भएपछि निर्माण कार्य रोकिएको थियो । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उक्त, मन्दिरकोे पुनःनिर्माण भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकासँग थप छलफल गरेर छिट्टै टुङ्गो लगाउने बताउँदै पुरानो स्वरूपमा बनाउँदा त्यसको प्रामाणीकतालाई पनि जोड दिइनुपर्ने बताए । 
उनले रानीपोखरी मल्लकालमा निर्माण भएकाले उक्त शैलीको स्केचबाहेक अरु प्रमाण नभएकाले भूकम्पले क्षति हुुुनुभन्दा अघिको गुम्बज शैलीमै जानुपर्ने बताए । रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभाग र महानगरपालिका बीच अभैm समन्वय भइसकेको छैन । 
 

तपाईंको मत