साहित्य र कला

बलत्कार विरुद्धको भिडियो अभिनेता शिब श्रेष्ठ 

बलत्कार विरुद्धको भिडियो अभिनेता शिब श्रेष्ठ 

काठमाडौं । अभिनेता शिब श्रेष्ठले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । चार दशक चलचित्र अभिनयमा बिताएका कलाकार शिब श्रेष्ठले म्युजिक भिडियोमा अभिनय गरेका हुन् । 

व्यवसायीसमेत रहेकी गीतकार अस्मिता सुमार्गीको शब्दमा ‘बाबा तिमी छौ र त...’ बोलको गीतमा नायक श्रेष्ठले अभिनय गरेका हुन् । सार्वजनिक गीतमा विश्व नेपालीको स्वर तथा संगीत रहेको छ ।

बुबाको मुख हेर्ने दिनको अवसर पारेर गीतको भिडियो   सार्वजनिक गरिएको हो । 

युवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोमा अभिनेता श्रेष्ठ र नायिका हर्षिका श्रेष्ठले बाबु छोरीको भुमिका निर्जाह गरेका छन् । 

अहिले देशमा भइरहेको बलत्कारको विरुद्धमा भिडियो तयार पारिएको छ । 

तपाईंको मत