Skip Advt.

साहित्य र कला

राजधानीमा जिउन लाष्टै गाह्रो भो

राजधानीमा जिउन लाष्टै गाह्रो भो

काठमाडौं । राजधानीमा जिउन लाष्टै गाह्रो भो
                 धुलो धुवाँ सास फेर्नै सारो भो .... ।

यो कुनै फेसबुक स्टाटस होइन । नितेश जङ्ग कुँवरको गीतको पहिलो अंश हो । आफ्नै शब्द, संगीत तथा स्वरमा रहेको गीतमा नितेशले काठमाडौंको यथार्थ तस्बिरलाई आफ्नो गीतमा जस्ताको तस्तै उतारेका छन् । 

चार मिनेट १६ सेकेन्ड लामो गीतमा काठमाडौं उपत्यकाको पछिल्लो पर्यावरणीय अवस्था देखि प्रशासनिक वेथितीसम्मलाई चित्रण गरेका छन् । 

धुलो धुँवाले बाँच्नै गाह्रो भएको अवस्था देखि ट्राफिककै अगाडि सवारीले गर्ने नियम उल्लंघनसम्मको समस्या तथा नयाँ नेपाल हेर्न नपाएको प्रसंगसमेत समेटेका छन् । 

आम काठमाडौंबासीले भोगेको समस्यालाई चित्रण गरेको नितेशको गीत युट्युब ट्रेन्डिङमासमेत दुई नम्बरमा आइपुगेको छ । आफ्नै युट्युब च्यानलमार्फत नितेशले गीत सार्वजनिक गरेका थिए । 

तपाईंको मत