Skip Advt.

खेल

नेपाली यु—१९ टोली भारतीय ‘ए’ टिमसँग ८ विकेटले पराजित

नेपाली यु—१९ टोली भारतीय ‘ए’ टिमसँग ८ विकेटले पराजित

काठमाडौं । यु—१९ एक दिवसिय सिरीजको दोस्रो खेलमा पनि नेपाली युवा क्रिकेट टोलीले लगातार दोस्रो हार व्यहोरेको छ । शुक्रबार भएको खेलमा नेपाली युवा टोली भारतीय ‘ए’ टिमसँग ८ विकेटले पराजित भएको हो ।
लखनउस्थित एकान रंगशालामा भएको खेलमा नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको भारतीय यु—१९ टिमले २४.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । भारतका लागि वाईभी राथोडले नटआउट सर्वाधिक ५९ रन बनाए । त्यस्तै, कप्तान अनुज रावतले ४७ तथा प्रभसिमरनसिंहले ४६ रन बनाए । बलिङतर्फ नेपालका लागि कमल सिंह ऐरी र पवन सराफले समान एक—एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४५.५ ओभरमा  १ सय ५६ रन बनाएको थियो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६६ रनको योगदान दिए । त्यस्तै, तृत राज दासले ४६ रन, भीम सार्कीले २८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेका थिएनन् । 
भारतका अजय देवगड र याई डी माङवानीले ४ र ४ विकेट लिए । नेपाली टोली यसअघिको पहिलो खेलमा भारतको यू–१९ ‘बि’ टिमसँग ४० रनले पराजित भएको थियो ।
 


तपाईंको मत