Skip Advt.

राजनीति

‘आवासको अधिकारसम्बन्धी विधेयक, २०७५’ पारित

काठमाडौँ, रासस । प्रतिनिधिसभाको आजको बैठकमा ‘आवासको अधिकारसम्बन्धी विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ । 
बैठकमा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । यसअघि मन्त्री राईले ‘विकास तथा प्रविधि समितिको प्रतिवेदन सहितको आवासको अधिकारसम्बन्धी विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिएए । 
सांसदले उठाएका विषयको जवाफ दिँदै मन्त्री राईले भवनसंहितालगायत आवाससम्बन्धी कानून पालना गरिने प्रतिबद्धता जनाए । बैठकले समितिको संशोधन प्रस्ताव स्वीकृत गरी विधेयकको अंग बनाउने प्रस्ताव पनि पारित गरेको थियो । विधेयकको नाम र प्रस्तावना पनि बैठकले स्वीकृत गर्यो ।


तपाईंको मत