Skip Advt.

अर्थ व्यवसाय

प्राइम कमर्सियल बैंकको नयाँ शाखा जनकपुरमा

प्राइम कमर्सियल बैंकको नयाँ शाखा जनकपुरमा

काठमाडौं । आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा प्राइम कमर्सियल बैंकले जनकपुरधाम उपमहानगरपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । यस शाखाको सञ्चालन पछि बैंकको शाखा कार्यालय संख्या ६४ पुगेको हो । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीको उपस्थितिमा एक समारोहबीच बैंकले शाखाउद्घाटन गरेको हो । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठले गरेका हुन् ।
यसै क्रमलाई निरन्तरता दिँदै बैंकले आगामी दिनमा पनि शाखाको सञ्जाल बिस्तार गर्दै जाने जनाएको छ ।
 


तपाईंको मत